२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जब पत्रकारलाई पक्राउ गर्न विमान मोडिएपछि…

अ+ अ-

काठमाडौँ । आइतवार ग्रीसबाट लिथुआनियातर्फ गइरहेको र्‍यानएअरको विमान कैयौँ घण्टासम्म बेलारुसतर्फ माडियो । विमानमा सवार एक पत्रकारलाई पक्राउ गर्न विमान मोडिएको अभियानकमीहरुले जानकारी दिएको बीबीसीमा उल्लेख छ ।

उक्त घटनालाई लिएर अमेरिकाको विदेश मन्त्रालयले चर्को निन्दा गरेको छ । अमेरिकाले बेलारुसको कार्यले विमानमा सवार अमेरिकी नागरिकसहितका यात्रुहरूको जीवन खतरामा पारेको भन्दै चर्को निन्दा गरेको हो।

उक्त विमानमा १७१ जना यात्रु रहेको बताइएको छ।

युरोपेली देशहरूले बेलारुसमाथि ‘राज्य आतङ्क’को आरोप लगाएका छन्। नेक्स्टा ग्रुपका पूर्वसम्पादक रोमन प्रोटासेभिचलाई हिरासतमा लिएपछि उक्त विमानलाई पुनः उड्न दिइएको थियो।

बेलारुसका सञ्चारमाध्यमका अनुसार उक्त जेट विमानमा बम भएको भन्दै मिग २९ लडाकू विमानहरूले घेरेर बेलारुसको राजधानी मिन्स्कमा ओरालेका थिए। तर बम भेटिएन।

अन्ततः विमान उसको वास्तविक गन्तव्य लिथुआनियाको राजधानी भिल्नियसमा स्थानीय समयअनुसार राति सवा नौ बजे ओर्लिएको थियो जुन तोकिएकोभन्दा ७ घण्टा ढिलो थियो।

विमानमा रहेका यात्रुहरूले आफूहरूलाई विमान मिन्स्कतर्फ मोडिएको कारणबारे केही सूचना नदिएको बताए। एक जनाले प्रोटासेभिच निकै त्रसित देखिएको बताए। अर्की यात्रुले उनले अन्य यात्रुहरूतर्फ हेर्दै अब उनले मृत्युदण्ड बेहोर्ने बताएको सुनाइन्। युरोपेली युनियन तथा नेटोमाथि हस्तक्षेप गर्नुपर्ने माग आएका छन्।

यूकेका विदेशमन्त्री डोमिनिक राबले बेलारुसको कदमको ‘गम्भीर परिणाम’ हुने बताए।

बेलारुसकी विपक्षी नेता स्भेत्लाना तिखानोभ्स्कायाले प्रोटासेभिचको रिहाइको माग गरेकी छन्। उनले गत वर्षको चुनावमा राष्ट्रपति अलेक्सान्डर लुकासेन्कोलाई पराजित गरिएको ठानिएको थियो।
तर अगस्टको चुनावयता ६६ वर्षीय लुकासेन्कोले विरोधीहरूमाथि दमन गरिरहेका छन्।

कैयौँ विपक्षी नेता पक्राउ परेका छन् भने तिखानोभ्स्काया लगायत अन्य कतिपय निर्वासनमा गएका छन्।

उक्त विमान ग्रीसको एथेन्सबाट भिल्नियसतर्फ जाँदै गर्दा लिथुआनियाली सिमाना नजिकै पुगेपछि मिन्स्कतर्फ मोडाइएको थियो। एक विज्ञप्तिमार्फत् र्‍यानएअरले उसका विमानचालकहरूलाई बेलारुसको हवाई ट्राफिक नियन्त्रकले विमानभित्र सम्भावित सुरक्षा खतरा रहेको भन्दै नजिकको मिन्स्क विमानस्थलमा ओर्लन सूचित गरेका थिए।

प्रतिक्रिया दिनुहोस