२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दश दिनसम्म पिसिआर रिपोर्ट नआउँदा समस्या

अ+ अ-

पर्वत । यहाँबाट कोरोना आशङ्कामा परीक्षणका लागि पठाएका स्वाबको नतिजा लामो समयसम्म नआउँदा समस्या हुन थालेको छ । जिल्लाबाट पठाइएका करीब २५० को सङ्ख्याका स्वाबको नतिजा आउन बाँकी छ । गत वैशाख २८ गतेदेखि यताका स्वाबको नतिजा नआउँदा जाँच गराएका व्यक्ति अन्योलमा परेका छन् भने व्यवस्थापकीय जिम्मेवारीमा रहेका निकाय पनि अन्योलमा छन् ।

कुश्मा नगरपालिकाका स्वास्थ्य संयोजक उमाकान्त सापकोटाका अनुसार एक हप्तादेखि १० दिनसम्मका रिपोर्ट अझै आएका छैनन् । उनले कुनै उपाय नदेखेपछि फेसबुकमार्फत सरकारलाई ध्यानाकर्षण गराएका छन् । सङ्क्रमितको आशङ्कामा परीक्षण गरिएको रिपोर्टको नतिजा ढिलो आउँदा आफूहरु अन्योलमा रहेको सापकोटाले बताए ।

प्रयोगशालाले ढिलो रिपोर्ट दिँदा कन्ट्याक्ट ट्रेसिङको कुनै अर्थ नरहने सापकोटाको गुनासो छ । सङ्क्रमणको आशङ्का गरिएकाहरु समुदायमा घुलमिल भइसके । अलिअलि रुघाखोकी लागेका पनि निको भइसकेका छन् ।

विश्व स्वास्थ्य सङ्गठनले कोरोना सङ्क्रमित भएको १० दिनपछि एकले अर्कोलाई सर्दैन र गम्भीर लक्षण पनि देखिँदैन भनेर भनेको छ । सातदेखि १० दिनअगाडि पठाएका स्वाबको नतिजा अब आउँदा पोजेटिभ आयो भने उनीहरु सङ्क्रमितसरह मानिने कि नमानिने बहसको विषय बनेको छ ।

कुश्माका ९७, बिहादीका ६७, फलेवासका र १०२ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोना परीक्षणको नतिजा ढिलो आउँदा आम मानिसमा चिन्ता बढेको छ । कुश्मा–१२ का वडाध्यक्ष राजेन्द्र पौडेलले रिपोर्ट ढिलो आउँदा मानिसले फोन गरेर हैरान पार्न थालेका बताए । स्वास्थ्य निर्देशनालय र प्रयोगशालामा थन्किएका स्वाबको परीक्षण भए÷नभएका बारेमा जानकारी नभएपछि उनले केही दिन पर्खिनुहोस् भन्ने बाहेक कुनै जवाफ नभएको जानकारी दिए ।

स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक विनोदविन्दु शर्माले धेरै जिल्लाबाट स्वाब बढी मात्रामा आउँदा प्रयोगशालामा लोड भएकाले नतिजा दिन ढिला भएको बताए । उनले केही रिपोर्ट पोखराबाट काठमाडौँको प्रयोगशालामा पनि पठाइएको र त्यहाँबाट रिपोर्ट दिन झनै ढिलो हुँदा समस्या भएको सुनाए । उनले सोमबारसम्म रिपोर्ट आइपुग्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस