२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिनिधिसभा विघटन अजरानीतिक : अध्यक्ष दाहाल

अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले नयाँ सरकार गठन हुने अवस्था कायम रहेको जिकिर गर्दै प्रतिनिधिसभाको विघटन गरी नयाँ निर्वाचनको मिति तोकिएकामा आपत्ति जनाएको छ ।

सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विज्ञप्ति जारी गरी प्रतिनिधिसभाका १४९ जना सदस्यको हस्ताक्षरसहित नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई नयाँ प्रधानमन्त्रीमा दाबी गरिएको उल्लेख गरेका छन् ।

संविधानको धारा ७६ (५) बमोजिम नयाँ प्रधानमन्त्रीा दाबी गर्ने दुवै पक्ष (केपी शर्मा ओली र देउवा) को आधार बलियो नभएको भन्दै आज राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी कात्तिक २६ र मङ्सिर ३ गते निर्वाचनको मिति तोकिसकेकी छन् ।

अध्यक्ष दाहालले प्रतिनिधिसभाको विघटनविरुद्ध उभिन सबै राजनीतिक दल तथा नागरिक समाजलाई आग्रह गर्दै मुलुक कोरोना महारमारीबाट आक्रान्त भएको अवस्थामा सबैको ध्यान महामारी नियन्त्रणमा हुनेपर्नेमा पनि जोड दिएका छन् । यसैगरी विभिन्न राजनीतिक दल सम्बद्ध युवा संगठनले प्रतिनिधिसभाको विघटनको विरोध गरेका छन् ।

राष्ट्रपतिको आव्हानकै आधारमा तोकिएकै समयमा सभापति देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्दै १४९ संसदले दाबी पेश गरेको भन्दै उनीहरुले सरकारले संवैधानिक संकट निम्त्याएको आरोप लगाएका छन् । विरोध गर्नेमा नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत, वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटा, युवा संघ नेपालका नरेशकुमार शाहीलगायत छन् ।

प्रतिक्रिया दिनुहोस