लमजुङ केन्द्रविन्दु भएर गएको भूकम्पले घर भत्किँदा एकजना घाइते « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

लमजुङ केन्द्रविन्दु भएर गएको भूकम्पले घर भत्किँदा एकजना घाइते


५ जेष्ठ २०७८, बुधबार


पोखरा । आज बिहान ५ः४२ बजे लमजुङको भुलभुले आसपास केन्द्रविन्दु भएर गएको भूकम्पमा परि लमजुङ बेशिसहर नगरपालिकामा एकजना घाइते भएका छन् ।

नगरपालिकाको चनौटेमा घर भत्किएर १ जना घाइते भएको प्रदेश सभा सदस्य मधु अधिकारी गुरुङले बताएकी छिन् । उनका अनुसार मर्स्याङ्दिमा पनि भूकम्पले क्षति पुगेको छ । उनले उद्धार तथा राहतका लागि सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

आज विहान लम्जुङ केन्द्र बनाएर ५.८ रेक्टर स्केलको भूकम्प भएको थियो ।

भूकम्पको धक्का लमजुङ, गोरखा, तनहुँ, कास्की, मनाङ, चितवन, धादिङ र काठमाडौँ उपत्यकामा समेत महसुस गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस