२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निषेधाज्ञा र सरकारी आदेश कार्यान्वयन सन्तोषजनक

अ+ अ-

काठमाडौँ । कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि विभिन्न जिल्लामा जारी गरिएको निषेधाज्ञा र सरकारद्धारा यसको रोकथाम, उपचार तथा नियन्त्रणका सन्दर्भमा दिइएका निर्देशन कार्यान्वयनको अवस्था सन्तोषजनक देखिएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आज विज्ञप्ति जारी गरी आदेशको प्रभावकारी कार्यान्वयन र असहज परिस्थितिलाई सहज तथा सामान्य तुल्याउनु अझै अत्यावश्यक रहेकाले थप सचेत हुन नागरिकसँग अनुरोध गरेको छ ।

प्राप्त जानकारीअनुसार आजसम्म चार जिल्लामा आंशिकसहित मुलुकका ७४ जिल्लामा आदेश कार्यान्वयनमा रहेको छ । मनाङ, खोटाङ र तेह्रथुम जिल्लामा आदेश जारी गरिएको छैन । देशमा दोस्रो लहरको कोभिड–१९ को सङ्क्रमण बढ्दो छ । गत वर्षका तुलनामा यस वर्ष बढी असर र खतरनाक देखिएको विज्ञले बताउँदै आएका छन् ।

मन्त्रालयका प्रवक्ता जनकराज दाहालद्वारा जारी विज्ञप्तिमा अत्यावश्यक सेवा प्रवाहका लागि आवश्यकतानुसार सवारी साधन सञ्चालन गरिएको र आवश्यक अक्सिजन आपूर्ति सकेसम्म सहज बनाइएको उल्लेख छ ।

अक्सिजन उत्पादन, आपूर्ति तथा वितरण प्रणाली भरपर्दो, पारदर्शी र न्यायसङ्गत तुल्याउन अक्सिजनसँग सम्बन्धित उद्योगमा भरपर्दो सुरक्षा व्यवस्था मिलाउन ३३ स्थानमा डेडिकेटेड सुरक्षा टोली खटाइएको मन्त्रालयको भनाइ छ । अक्सिजन प्लान्ट चौबीसै घण्टा सञ्चालन गर्ने व्यवस्था मिलाइएको र विद्युत् आपूर्तिको व्यवस्था गरिएको पनि विज्ञप्तिमा उल्लेख छ।

मन्त्रालयका अनुसार यसबीचमा निषेधको आदेश अवज्ञा गरी मास्क नलगाई हिँड्ने २१ हजार ९४२ जनालाई जरिवाना तिराइएको छ । सचेतनामूलक कार्यक्रममार्फत चार लाख ३७ हजार बढीलाई मास्क वितरण गरिएको छ ।

कोरोना बढिरहेका अवस्थामा भीडभाडजन्य गतिविधि नगर्न, मास्कको उचित प्रयोग गर्न, भौतिक दूरी कायम गर्न, बारम्बार साबुनपानीले हात धुन तथा नियमित रुपमा सेनिटाइजरको प्रयोग गर्न मन्त्रालयले सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस