२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कार्यविधि बनाउँदै एमाले कार्यदल

अ+ अ-

काठमाडौँ । आन्तरिक विवाद मिलाउने जिम्मेवारी पाएको सत्तारुढ नेकपा (एमाले) को कार्यदलको पहिलो बैठकले आफ्नो कार्यविधि, कार्यक्षेत्र र आचारसंहिता बनाउने निर्णय गरेको छ ।

सिंहदरबारमा आज भएको बैठकले उक्त निर्णय गरेको र बुधबार पुनः बैठक बस्ने कार्यदलमा रहेका नेता भीमबहादुर रावलले जानकारी दिए ।

उनले कार्यविधि, कार्यक्षेत्र र आचारसंहिता तत्काल निर्माण गरी कार्यान्वयन गर्ने जनाउँदै पार्टीलाई एकताबद्धरुपमा अघि बढाउन सद्भाव तथा एकता वृद्धि गर्न, आपसी अविश्वास, अन्तरविरोध र असहयोगबाट अलग रहन सम्पूर्ण पार्टी पङ्तिलाई आव्हान गर्ने निर्णय पनि भएको बताए ।

एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच गत वैशाख ३० र यही जेठ २ गतेको आपसी सहमतिका आधारमा नेता रावल, सुवास नेम्वाङसहित १० सदस्यीय कार्यदल गठन भएको थियो ।

आजका बैठकमा काम विशेषले सदस्य विष्णुप्रसाद पौडेल र शङ्कर पोखरेल अनुपस्थित थिए । कार्यदलललाई एमालेको साङ्गठनिक संरचना २०७५ जेठ ३ (माओवादी केन्द्रसँगको एकतापूर्व) को अवस्था, सहमतिमा जिम्मेवारी बाँडफाँट तथा माओवादीबाट प्रवेश गरेका नेताकार्यकर्ताको व्यवस्थापनलगायतबारे सुझाव दिन भनिएको छ ।

गत फागुन २३ गते सर्वोच्च अदालतको फैसलापछि एमालेको पुरानै संरचना कायम हुनुपर्ने नेता नेपाल पक्षको अडान रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस