२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एचडियु सेवा सञ्चालन भएपछि बिरामीलाई सहज

अ+ अ-

परासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को एक स्थानीय तहले छुट्टै भवन बनाएर एचडियु (मिनी आइसियु) सेवासहितको आइसोलेशन सेन्टर सञ्चालनमा ल्याएपछि कोरोना सङ्क्रमित बिरामीलाई सहज भएको छ ।

जिल्लाको बर्दघाट नगरपालिकाले चिसापानीस्थित ढेंडारीफाँटमा कोरोना कहरकैबीचमा अस्पताल भवन बनाएर बीस श्ययाको आइसोलेशन सञ्चालन गरेको हो । सेन्टरमा अहिले गम्भीर प्रकृतिका बिरामीको उपचार भइरहेको छ । जिल्लामा एचडियु सेवा नहुँदा बुटवल, भैरहवा र भरतपुरका अस्पतालमा जानुपर्ने बाध्यता थियो ।

नगरपालिकाले गत वर्षको असारमा कोभिड–१९ महामारीकै बीचमा आइसोलेशन भवन निर्माण शुरु गरेर अहिले आइसोलेशन पुनः सञ्चालनमा ल्याएको हो । दोस्रो लहरको नयाँ भेरियन्टको कोरोना महामारीका कारण अस्पतालहरूमा श्यया र अक्सिजन अभावमा अकालमै मृत्यृवरण र उपचारमै समस्या भोग्नु परेको बेला बर्दघाट नगरपालिकाले जिल्लामै पहिलो एचडियुसहितको सुविधासम्पन्न आइसोलेशन सञ्चालनमा ल्याएको नगरप्रमुख धीरज शर्मा बस्यालले जानकारी दिए ।

बर्दघाटमै सञ्चालनमा रहेको सरकारी स्वामित्वको चिसापानी अस्पतालको आफ्नै जग्गा र भवन नहुँदा सञ्चालन कठिनाइ हुँदै आएको थियो । पहिलो चरणमा करीब रु ७५ लाख र दोस्रो चरणमा करीब रु २० लाखको लागतमा उक्त भवन बनाइएको हो । नगरप्रमुख बस्यालले कोभिड महामारीलाई लक्षित गरी स्वास्थ्य क्षेत्रको पहुँच बढाउन आवश्यक देखिएकाले नयाँ भवन बनाएरै आइसोलेशन सेन्टर बनाइएको बताए ।

उनले अल्पकालीन कोभिड आइसोलेशन र दीर्घकालीन रूपमा चिसापानी अस्पताल सञ्चालन गर्ने उद्देश्यले भवन निर्माण गरिएको जानकारी दिए । आइसोलेशन सेन्टरमा डा शान्ति केसी डा पवन अग्रहरिसहितका विशेषज्ञ चिकित्सकको निगरानीमा अक्सिजनसहितको श्ययामा सङ्क्रमितको उपचार भइरहेको नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख माधव ज्ञवालीले बताए ।

नगरपालिकाले सङ्क्रमितलाई आइसोलेशन र बुटवलसम्म थप उपचारका लागि जानु परेमा निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्दै आएको छ । कोरोना सङ्क्रमितको चापलाई दृष्टिगत गर्दै बर्दघाट नगरपालिकामै रहेको शहीद स्मृति सामुदायिक अस्पतालमा पनि १२ श्ययाको अक्सिजनसहितको आइसोलेशन निर्माण गरिएको नगरप्रमुख शर्माले बताए ।

जिल्लामा रहेका सात स्थानीय तह र अस्पतालले १०३ श्ययाको आइसोलेशन सञ्चालन गरेका छन् । अधिकांश सेन्टरमा विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीको अभाव रहेको छ । जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ३०० नाघेको छ भने सङ्क्रमणबाट ९५ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस