२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सञ्चार तथा सूचना प्रविधि क्षेत्रको सेवाप्रवाह विश्वसनीय र गुणस्तरीय बनाउनुपर्नेमा मन्त्री गुरुङको जोड

अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोभिड संकट समाधानमा केन्द्रित भएर दूरसञ्चार सेवा प्रवाहको कामलाई व्यवस्थित बनाउन सरोकार पक्षलाई आग्रह गरेका छन् ।

‘विश्व दूरसञ्चार तथा सूूचना समाज दिवस’ का अवसरमा नेपाल दूरसञ्चार प्राधिकरणले आज आयोजना गरेको भर्चुअल बैठकमा उनले कोभिड संकट समाधानका लागि सञ्चार तथा सूचना प्रविधि क्षेत्रको सेवाप्रवाह भरपर्दो, जिम्मेवार, विश्वसनीय र गुणस्तरीय बनाउनुपर्नेमा जोड दिए।

कोभिडबाट आफू सुरक्षित भएर दूरसञ्चार सेवा प्रवाहको काममा प्रतिबद्ध भइलाग्न पनि यस क्षेत्रमा कार्यरत व्यक्ति तथा संघसंस्थालाई उनले आह्वान गरे । ‘सुरक्षित रहौंँ, स्वस्थ रहौंँ, आफू सुरक्षित भई कोभिड संकटको सारथी बनेर दूरसञ्चार सेवाप्रदायकले आआफ्ना ठाउँबाट सेवा प्रवाहको कामलाई अघि बढाऔं’, मन्त्री गुरुङले भने, ‘कोभिड संकट समाधानका लागि गरिने हरेक प्रयास मानवीय सेवा भएकाले यसमा शुुद्ध मन, वचन र कर्मले लागौंँ ।’

दूरसञ्चार सेवालाई प्रभावकारी बनाउन सरकार ऐन, कानून, नीति, नियम परिमार्जन गरेर अघि बढ्न तयार रहेको जनाउँदै उनले त्यसका लागि आवश्यक सुुझाव दिन पनि विज्ञलाई पटकपटक आग्रह गरे ।

सरकारका प्रवक्ता गुरुङले दूरसञ्चार क्षेत्रले भोग्नुपरेका चुनौती सामना गर्ने गरी नेपालमा प्रभावकारी सेवा प्रवाहलाई अघि बढाउने गरी सोच, संकल्प र योजना बनाएको मन्त्री गुरुङले जानकारी दिए । उनले दूरसञ्चार सेवासहितको सूचना र प्रविधिको विकास गरी मुलुकलाई समृद्ध बनाउन सरकारले नीति, ऐन, कानून तर्जुमा गरेको जनाउँदै त्यसलाई आवश्यकतानुसार परिमार्जन गर्दै लैजाने प्रतिबद्धतासमेत व्यक्त गरे।

सो अवसरमा मन्त्रालयका सचिव हरिप्रसाद बस्याल, प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाललगायतले कोभिड संकट समाधान हुने गरी दूरसञ्चार क्षेत्रको सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस