कर्णालीमा २३८ जना कोरोना जितेर घर फर्किए « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कर्णालीमा २३८ जना कोरोना जितेर घर फर्किए


३ जेष्ठ २०७८, सोमबार


सुर्खेत । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा कोभिड महामारी जितेर २३८ जना घर फर्किएका छन् ।

कोरोना जितेर घर फर्किएकामध्ये सुर्खेतका १ सय ३५, कालिकोटका ३६, सल्यानका १३, डोल्पाका १, रुकुम पश्चिमका ३१, मुगुका ५ र जुम्लाका १७ जना सहित २ सय ३८ जना रहेको स्वास्थ्य सेवा निर्देशनालय,कर्णाली प्रदेश सुर्खेतले जनाएको छ ।

निर्देशनालयका अनुसार, हालसम्म कर्णाली प्रदेशमा कोरोना जितेर १० हजार ४ सय ८६ जना घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा ४ सय ७० जनामा कोरोना सङ्क्रमण भएको र १३ जनाको मृत्यु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस