२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लुम्बिनी प्रदेशमा थप ९ जना संक्रमितको मृत्यु

अ+ अ-

राँझा । लुम्बिनी प्रदेशको बाँके र दाङमा गरी थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यीमध्ये सात बाँके र दुई दाङका छन् । बाँकेमा अस्पताल भर्ना भएका थप सात कोरोना सङ्क्रमितको गए राति मृत्यु भएको छ ।

बर्दियाका तीन, बाँकेका दुई, रोल्पाका र कैलालीका एक–एक गरी सातको उपचारका क्रममा अस्पतालमै मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोतव्यक्ति तेज वलीले जानकारी दिए ।

उनका अनुसार नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–१९ निवासी ६० वर्षीय पुरुष, कोहलपुर नगरपालिका–१५ निवासी ६७ वर्षीय पुरुष, मधुवन नगरपालिका–९ बर्दिया निवासी ७१ वर्षीय पुरुष, बढैयाताल गाउँपालिका–१ बर्दिया निवासी ५० वर्षीय पुरुष, रुण्टीगढी गाउँपालिका रोल्पा निवासी ३५ वर्षीय पुरुष र बढैयाताल–२ निवासी ८७ वर्षीय पुरुषको गए राति मृत्यु भएको हो ।

यसैगरी शिक्षण अस्पताल कोहलपुरमा उपचाररत गौरीगङ्गा गाउँपालिका–४ कैलाली निवासी ५२ वर्षीय पुरुषको पनि गए राति उपचारका क्रममा मृत्यु भएको हो । योसँगै बाँकेमा कोरोनाबाट २३४ जनाको मृत्यु भएको छ । बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउँदा १८३ जनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति वलीले बताए ।

बेलझुण्डीमा दुई सङ्क्रमितको मृत्यु

तुुलसीपुर : दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत दुई सङ्क्रमितको मृत्यु भएको छ । अस्पतालका व्यवस्थापक द्रोण वलीका अनुसार शनिबार एचडियुमा उपचाररत दङ्गीशरण गाउँपालिका–४ निवासी ७० वर्षीय पुरुष र आइसियुमा उपचाररत घोराही उपमहानगरपालिका–१४ निवासी ७४ वर्षीय महिलाको मृत्यु भएको हो ।

दङ्गीशणका पुरुष गत वैशाख २४ गते अस्पताल भर्ना भएका थिए भने घोराहीकी महिला वैशाख २१ गते भर्ना भएकी थिइन् । उनीहरु दुवै जनामा निमोनिया र श्वासप्रश्वासमा समस्या थियो । योसँगै बेलझुण्डी अस्पतालमा मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको छ । सोमा १४ महिला र पुरुष ३० छन् ।

प्रतिक्रिया दिनुहोस