२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जटिल अवस्थाका बिरामी मात्र रिफर गर्न कर्णाली प्रदेश अस्पतालको आग्रह

अ+ अ-

सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेतले जटिल अवस्थाका बिरामीलाई मात्र रिफर गर्न आग्रह गरेको छ । अक्सिजन अभाव देखाउँदै थप बिरामी भर्ना नलिने बताएको अस्पतालले शनिबार अर्को विज्ञप्ति जारी गर्दै जटिल प्रकारका बिरामी भए मात्र अस्पतालमा रिफर गर्न आग्रह गरेको हो ।

अस्पतालले कोरोनाका नयाँ बिरामीलाई भर्ना नलिने भन्दै विज्ञप्ति निकालेको २४ घण्टा नबित्दै कोरोनाका जटिल खालका बिरामीलाई मात्र अस्पताल पठाउन अनुरोधसहित अर्को विज्ञप्ती जारी गरेको हो ।

उक्त विज्ञप्तिमा लेखिएको छ, ‘यस अस्पतालमा संकटको घडिमा स्वास्थ्य संस्थाहरु र त्यहाँ कार्यरत सबै तहका स्वास्थ्यकर्मीहरु अत्यन्त जिम्मेवार र संवेदनशील भइ अझ मेहनतका साथ काम गर्नु पर्ने अवस्था रहेको साथै अस्पतालमा रहेका सीमित श्रोत साधनबाट अधिकतम तवरले स्वास्थ्य उपचारको काम भईरहेको वास्तविकतालाई मध्यनजर गरी स्थानीय स्वास्थ्य संस्थाहरूबाट सम्भव हुनेसम्मको उपचार त्यहीँबाट गर्न र सम्भव नहुने अवस्थामा मात्र यस अस्पतालमा रिफर गर्न अनुरोध गर्दछौँ ।’

प्रदेश अस्पतालमा दुईवटा अक्सिजन प्लान्ट रहेका छन् । दुबै प्लान्टबाट उत्पादित अक्सिजनले पनि नपुग्ने र नेपालगन्जबाट आपूर्ति हुने अक्सिजन सिलिन्डर रोकिएपछि भर्ना नलिने बताएको थियो ।

प्रतिक्रिया दिनुहोस