१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना माहामारीकाबीच तानियो रातो मच्छिन्द्रनाथको रथ

अ+ अ-

ललितपुर । वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ सेतो, रातो र पहेँलो पोशाकमा सजिएका मानिसले तानेर ललितपुर महानगरपालिका कार्यालय अगाडि सोह्रखुट्टे पाटी परिसरमा पुर्‍याएका छन् ।

हरेक वर्ष रथारोहणको चार दिनमा रथ तान्ने चलनानुसार आज अपराह्न चार बजेर ४५ मिनेटमा सो काम सम्पन्न भएको हो ।

ज्यापू समाजका अध्यक्ष चन्द्र महर्जनले विश्वभरि फैलिदै गइरहेको नयाँ परिवर्तित रुपको कोरोना भाइरसको महामारीलाई ध्यानमा राखी व्यवस्थित तरिकाले रथ तान्ने योजनानुसार काम गर्न सफल भएकामा खुशी व्यक्त गरे । उनले भने, ‘पुल्चोकको दमकलचोकस्थित जोगाम्बर पीठबाट हामीले सुस्तरीसुस्तरी रथ तानेर परम्परा धान्यौँ ।’ सो स्थानमा उपस्थित भक्तजनले जयजयकारका नारासहित नाच अनि तालीमा रमेर उत्साहपूर्व तवरले शदियौँ वर्षअघिदेखि मान्दै आएको चलन जोगाउन सहयोग गरेको उनको भनाइ थियो ।

महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले यस वर्षको रथ तान्ने काम आज सकिएको बताए । उनले भने, ‘लगभग डेढ सय मिटर परसम्म रथ तानेर राखियो । आउँदो बुधबार बिहान जुरेको साइतअनुसार लोकेश्वरको मूर्ति झिकी खटमा हालेर बुङ्मती लगिने र रथ फुकाल्ने काम अघि बढ्नेछ ।’

खड्गी अनि धिमेलगायत बाजा बजाएर सोको धुनमा करुणामयको रथ श्रद्धा र भक्तिका साथ तानिएको पाटन सुन्धारा निवासी सूर्यमान डंगोलले बताए ।

प्रतिक्रिया दिनुहोस