कार्यकारिणी समिति बैठक डाकिएको छैनः ठाकुर « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कार्यकारिणी समिति बैठक डाकिएको छैनः ठाकुर


प्रशासन संवाददाता

१ जेष्ठ २०७८, शनिबार


काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुरले पार्टी केन्द्रीय कार्यकारिणी समितिको कुनै बैठक नडाकिएको बताएका छन् ।

जसपाका अर्का अध्यक्ष उपेन्द्र महतो समूहले आज कार्यकारिणी समितिको बैठक बोलाएकामा असन्तुष्टि जनाउँदै अध्यक्ष ठाकुरले विज्ञप्ति जारी गर्दै जसपाको कुनैपनि बैठक नडाकिएको स्पष्ट पारेका हुन्।

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक नडाकिएको र त्यस्तो कुनै जानकारी नआएको विज्ञप्तिमा उल्लेख गरिएको छ । यता अध्यक्ष यादव र सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई समूहले पार्टीको कार्यकारिणी समितिको बैठक बोलाइएको जिकिर गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस