२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अक्सिजन आपूर्तिका लागि जनस्तरबाट सहयोग जुट्दै

अ+ अ-

भजनी । स्वयम्सेवी संस्था टीकापुर सरोकार समूहले टीकापुर अस्पतालमा अक्सिजन सहयोग गर्नका लागि अक्सिजन सहयोग अभियानको थालनी गरेको छ ।

अक्सिजनको अभावले दैनिक नागरिकले ज्यान गुमाउन थालेपछि टीकापुर अस्पताल, टीकापुर उधोग वाणिज्य संघ र टीकापुर सरोकार समुहले संयुक्त रुपमा अक्सिजनको अभावमा कुनै व्यक्तिले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ उक्त अभियानको शुरुवात गरेको हो ।

अभियानको शुरुआत् भएसँगै विभिन्न सहयोगदाताले सहयोग रकम उपलब्ध गराउन थालेका छन् । सरोकार समूहसँग आवद्ध देश तथा विदेशमा रहेका नागरिकले अस्पतालमा अक्सिजन आपूर्तिमा सहयोग होस भन्दै स्वेच्छिक सहयोग गर्न थालेका छन । अभियानका लागि टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारी, टीकापुर अस्पताल विकास समितिका अध्यक्ष दीपक रावल र सरोकार समूहका सदस्य नवराज भट्टराईको नाममा संयुक्त बैंक खाता समेत खोलिएको छ ।

‘अक्सिजन अभावका कारण नागरिकहरुले अकालमा ज्यान गुमाउँदै आएका छन, एक नागरिकले अर्कोलाई अप्ठ्यारोमा सहयोग गर्नु हाम्रो कर्तव्य हो’, सरोकार समूहका सदस्य भट्टराईले भने, ‘ हामीले सोचेका पनि थिएनौ यति राम्रो सहयोग जुटला भनेर । हालसम्म करिब ४३ लाख रुपैयाँ सङ्कलन भैसकेको छ ।’

टीकापुर नगरपालिका र जानकी गाउँपालिकाले अक्सिजन प्लान्ट निर्माणमा सघाउने भएका छन । दुवै पालिकाले टीकापुर अस्पतालमा निर्माण हुने अक्सिजन प्लान्ट निर्माणमा सघाउने निणर्य गरेका छन । टीकापुरले २० र जानकी गाउँपालिकाले १५ लाख रुपैयाँ सहयोग गर्ने निणर्य गरेका छन । दुईवटा पालिकाले सघाउने भएपछि अस्पतालले सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा निर्माण हुने अक्सिजन प्लान्टको क्षमता बढाउन पहल थालेको छ । यसअघि अस्पतालले प्रदेश सरकारले निर्धारण गरेको क्षमता अनुसार नै अक्सिजन प्लान्ट निर्माण प्रक्रिया थालेको थियो । प्रदेश सरकारको ८० लाख रुपैयाँ लागतमा अक्सिजन प्लान्ट निर्माणको प्रक्रिया शुरु भएको थियो । जसको क्षमता दैनिक २० सिलिण्डर भर्न सक्ने मात्रै रहेको थियो ।

दुईवटै पालिकाले बजेट थप गरेपछि दैनिक ६० सिलिण्डर भर्न सक्ने क्षमताको अक्सिजन प्लान्ट निर्माणको प्रक्रिया अगाडि बढाइएको अस्पताल विकास समितिका अध्यक्ष रावलले जानकारी दिए । उनले प्रदेश सरकारको लगानीमा निर्माण हुन लागेको अक्सिजन प्लान्ट निर्माणको प्रक्रिया रोकेर पालिकाको लगानी सहितको प्रक्रिया थालिने बताउदै अब १ करोड १५ लाखको लागतमा अक्सिजन प्लान्ट निर्माणको प्रक्रिया अगाडि बढाइएको बताए ।

‘पुरानो प्रक्रिया रोक भनेर मौखिक आदेश आइसकेको थियो, त्यसै अनुसार आज अक्सिजन प्लान्ट निर्माणको लागि सूचना प्रकाशित हुन्छ’, अध्यक्ष रावलले भने, ‘प्लान्ट जडाएन भएपछि बिरामीकालागी धेरै राहत हुनेछ ।’ प्लान्ट निर्माण हुन करिव डेढ महिना लाग्ने छ । अहिले अस्पतालमा नेपालगञ्जबाट अक्सिजन आपूर्ति भैरहेको छ ।

उद्योग बाणिज्य संघका अध्यक्ष भण्डारीले कतैबाट पनि अस्पतालको लागि सहयोग नभएपछि नागरिकस्तरबाट सहयोगको आव्हान गरिएको बताउँदै नागरिकबाट सोचेभन्दा राम्रो सहयोग भएको बताए । ‘हामीले पनि बाँच्नुपर्छ र अरुलाई पनि बचाउनुपर्छ भन्ने उद्देश्यले नै अभियान सुरु गरेका हौ’, अध्यक्ष भण्डारीले भने, ‘अभियानपछि अस्पताललाई ठूलो राहत मिलेको छ ।’

प्रतिक्रिया दिनुहोस