२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पिसिआर परीक्षण शुल्क घट्यो

अ+ अ-

रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पतालले कोभिड–१९ परीक्षणका लागि लाग्ने शुल्क घटाएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भोजप्रसाद श्रेष्ठको निर्देशनपछि अस्पतालले पिसिआर परीक्षण शुल्क घटाएको हो ।

सरकारले रु एक हजार शुल्कमा पिसिआर परीक्षण गर्ने भने पनि अस्पतालले रु दुई हजार शुल्क लिँदै आएको थियो । आजदेखि रु एक हजारमा पिसिआर परीक्षण शुरु गरिएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

रामग्राम नगरपालिकामा प्रमुख चढ्ने गाडी एम्बुलेन्स

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को एक स्थानीय तहका प्रमुखले आफू चढ्दै आएको सवारी एम्बुलेन्सका रुपमा प्रयोग गर्न दिने घोषणा गरेका छन् ।

कोभिड–१९ सङ्क्रमणको दोस्रो लहर तीव्र रूपमा फैलिँदा सङ्क्रमितले एम्बुलेन्स नपाएर उपचारमा समस्या भोग्न नपरोस् भन्ने उद्देश्यले रामग्राम नगरपालिकाका नगरप्रमुख नरेन्द्र गुप्ताले आफूले चढ्दै आएको गाडी एम्बुलेन्सका रुपमा प्रयोग गर्न दिएका हुन् ।

एम्बुलेन्सको अभावमा समयमै अस्पताल पुग्न नसकेर कुनै पनि नगरवासीले अकालमा ज्यान गुमाउन नपरोस् भनेर आफूले चढ्दै आएको लु१झ ४७३ नंको सरकारी गाडी एम्बुलेन्स बनाएको उनले बताए । नगरप्रमुख चढ्दै आएको उक्त गाडी अब नगरभित्रका सङ्क्रमितलाई आइसोलेशन र अस्पतालसम्म तथा अस्पतालबाट घरसम्म पुर्‍याउने कार्यमा प्रयोग गरिने नगरपालिकाले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार रामग्राममा हाल ३०१ जना सक्रिय सङ्क्रमित रहेका छन् भने कोरोना सङ्क्रमणकै कारण नगरपालिकाभित्रका २२ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस