२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामाजिक सञ्जालमा लगाएको आरोपको प्रहरीद्वारा खण्डन

अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीले व्यक्तिगत प्रयोजनका लागि सिलिन्डरहरू लैजाने गरेको भन्ने सामाजिक सञ्जालमा लगाइएको आरोपको खण्डन गरेको छ ।

प्रहरी प्रधान कार्यालयले आज एक विज्ञप्ति जारी गरी नेपाल प्रहरीलाई जोडेर गरिएको कपोलकल्पित आरोपमा कुनै सत्यता नभएको प्रस्ट पारेको हो ।

बिहीबार एक चिकित्सकले प्रहरीले अक्सिजन सिलिन्डर जबरजस्ती लगेको भनेर सामाजिक सञ्जालमा लेखेपछि सामाजिक सञ्जालमा प्रहरीको चौतर्फी विरोध भएको थियो ।

‘नेपाल प्रहरी विरुद्धका केही व्यक्तिगत आवेगमा लेखिएका भनाई र सत्यरहित सूचना सामाजिक सञ्जालमा अनर्गल प्रचारप्रति प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यान आकृष्ट भएको छ ।’ प्रहरी नायव महानिरीक्षक प्रकाश अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पीडाको यस घडीमा १ जनाको ज्यान बचाउन सकिएमा पनि पुण्य हुने ठानी खटिएका प्रहरीका तमाम कर्मचारीले निर्वाह गरेको कर्तव्यपालनका सम्बन्धमा नै सर्वसाधारणलाई गलत सन्देश पुग्ने प्रकृतिका सूचना सम्प्रेषण हुनु सर्वथा अनुचित रहेको छ ।’

कोरोना महामारी नियन्त्रण र सङ्क्रमितको उपचारार्थ नेपाल प्रहरी अहोरात्र खटिरहेको जनाउँदै नेपाल प्रहरीले विभिन्न प्रयोजनमा रहेका ७ हजार भन्दा बढी अक्सिजन सिलिन्डरहरू नियन्त्रणमा लिएर देशभरका विभिन्न अस्पतालहरूलाई वितरण गरेको उल्लेख छ ।

विज्ञप्तिमा २०८ भन्दा बढी कोभिड सङ्क्रमित सर्वसाधारणको उपचार गरिरहेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस