उद्योग वाणिज्य सङ्घको कार्यालय कोभिड अस्पताल « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

उद्योग वाणिज्य सङ्घको कार्यालय कोभिड अस्पताल


२८ बैशाख २०७८, मंगलबार


ओखलढुङ्गा । उद्योग वाणिज्य सङ्घको कार्यालयलाई कोभिड अस्पताल बनाइएको छ । जिल्लामा कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि सङ्घले आफ्नो कार्यालयलाई अस्पतालमा रुपान्तरण गरेको हो ।

सङ्घले कार्यालयमा दश आइसोलेशन श्यया राख्ने तयारी गरेको र ती श्ययाका लागि २५ अक्सिजन सिलिन्डर समेत खरिद गरिएको सङ्घका अध्यक्ष ज्ञानेन्द्रकुमार मास्केले जानकारी दिए । ती अक्सिजन निःशुल्क सहयोग गरिने र जिल्ला प्रशासन तथा सरोकारवालासँग समन्वय गरेर स्वास्थ्यकर्मीका सेवा दिने तयारी भएको उनले बताए ।

जिल्लाका प्रायः सङ्क्रमित होम आइसोलेशनमै छन् । सङ्क्रमितका सङ्ख्या बढ्दै जाँदा जिल्लामा आइसोलेशन र अक्सिजनको अभाव हुने जोखिम रहेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस