संसद्ले विश्वास गर्दैन भने मैले मार्ग प्रशस्त गर्नैपर्छ –प्रधानमन्त्री ओली « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

संसद्ले विश्वास गर्दैन भने मैले मार्ग प्रशस्त गर्नैपर्छ –प्रधानमन्त्री ओली


२७ बैशाख २०७८, सोमबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्ले आदेश दिए आफूले मार्ग प्रशस्त गर्ने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले आफूले अस्थिरताका लागि नभई स्थिरताका लागि विश्वासको मत मागेको बताउँदै संसद्को निर्णय आफूले मान्ने बताएका हुन् ।

‘यो संसद्ले सु विचारित ढङ्गले निर्णय गरोस् । संसद्ले विश्वास गर्दैन भने मैले मार्ग प्रशस्त गर्नै पर्छ’, ओलीले भने ।

अध्यादेशबाट देश चलायो भन्ने आरोपको जवाफमा प्रधानमन्त्री ओलीले अध्यादेश संवैधानिक व्यवस्था रहेको स्मरण गराए । ‘अध्यादेश संवैधानिक विषय हो । संसद्लाई आवश्यक लागेन भने भोलि फेल गरे भैगो नि’, ओलीले भने ।

संसद् विघटनको लागि बाटो बनाएको आरोप निराधार रहेको भन्दै प्रधानमन्त्री ओलीले शङ्का लागेको भए विश्वासको मत दिएर संसद् विघटनको प्रयास असफल बनाउन ओलीले आग्रह गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस