हामी विश्वासको मतको पक्षमा पनि छैनौँ, विपक्षमा पनि छैनौँ –महन्थ ठाकुर « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

हामी विश्वासको मतको पक्षमा पनि छैनौँ, विपक्षमा पनि छैनौँ –महन्थ ठाकुर


२७ बैशाख २०७८, सोमबार


काठमाडौँ । जसपा अध्यक्ष महन्थ ठाकुरले विश्वासको मतका बारेमा आफूहरू पक्ष र विपक्ष दुवैमा नरहेको बताएका छन् ।

सोमबार उनले प्रतिनिधिसभा बैठकमा भने, ‘हामी यो प्रस्तावको पक्षमा पनि छैन, विपक्षमा पनि छैन । किनकि हामीहरू लोकतन्त्र आइसकेपछि पनि पीडित अवस्थामा छौँ । हाम्रो साथीहरू जेलमा छन् । सांसद जेलमा छन् । रेसम चौधरीलाई यहाँ हेर्न चाहन्छौँ, तर जेलमा हुनुहुन्छ । प्रदेशका मन्त्रीहरू पनि तारेखमा छन् । धेरै मेयरहरू तारेखमा बसेका छन् । सयौँ कार्यकर्ता मुद्दा अझै पनि खेपिरहेका छन् । किन रु यो संविधानले गर्दा । अहिलेको जुन अवस्था हेर्छौँ त्यो संविधानको त्रुटिले गर्दा नै हो ।’

उनले भने ‘दुई वर्षसम्म अविश्वासको प्रस्ताव त ल्याउन पाइन्न । अल्पमतमा परे भने । बजेट बनाउन सकिन्छ त रु गम्भीर त्रुटिहरू संविधानमा छ’

जातीय, क्षेत्रीय र लैङ्गिक आधारमा विभेद कायमै रहेकाले जसपा अहिलेको कोर्समा तटस्थ बस्न चाहेको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस