संविधान सर्वस्वीकार्य भएको दाबी, औचित्यपूर्ण र समयानुकूल ढङ्गले संशोधन हुन सक्ने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

संविधान सर्वस्वीकार्य भएको दाबी, औचित्यपूर्ण र समयानुकूल ढङ्गले संशोधन हुन सक्ने


२७ बैशाख २०७८, सोमबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा संविधानको सर्वस्वीकार्यता कायम भएको बताएका छन्।

उनले संविधानको सर्वस्वीकार्यताको विषयमा अब नेपालमा कुनै प्रश्न नरहेको भन्दै संविधान कार्यान्वयन गर्दै जाँदा ‌औचित्यपूर्ण र समयानुकूल ढङ्गले संशोधन गर्नुपर्ने हुन सक्ने बताए।

अब कसैले विखण्डनको राजनीति नबोक्ने भन्दै देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको विषयमा कुनै विवाद नरहेको उनको दाबी थियो।

पृथकतावादको विचार बोक्ने समूहलाई पनि राजनीतिक मूलधारमा ल्याएको भन्दै उनले राजनीतिक माग पूरा गर्न हिंसालाई माध्यम बनाउनुपर्छ भन्ने सोच पनि अन्त्य भएको उल्लेख गरे।

दशकौँदेखिको हिंसा राजनीति अवलम्बन गर्ने शक्तिहरू नेपालमा रहेको भए पनि त्यो अन्त्य भएको जनाए।

Tags :
प्रतिक्रिया दिनुहोस