२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरी अस्पतालमा दुई सय २४ कोरोना सङ्क्रमित बिरामीको निःशुल्क उपचार हुँदै

अ+ अ-

काठमाडौँ । नेपाल प्रहरी अस्पताल महाराजगन्जमा हाल दुई सय २४ जना कोभिड–१९ बाट सङ्क्रमित बिरामीहरूको निःशुल्क उपचार भइरहेको छ । ती मध्ये २० जना भेन्टिलेटरमा, १९ जना आइसियुमा, मध्यम अवस्थाका १ सय ५ जना र सामान्य अवस्थाका ८० जना रहेका छन् ।

बिरामीहरूमध्ये प्रहरी कर्मचारी, पूर्व प्रहरी कर्मचारी र प्रहरी कर्मचारीका परिवार गरी १ सय ४३ जना तथा ८१ जना सर्वसाधारण नागरिक रहेका छन् । बिरामीहरूमध्ये आइतबार उपचारका लागि अस्पतालमा १५ जना र २ नम्बर गणमा छुट्टै बेडको व्यवस्था गरी ६ जनालाई भर्ना गरिएको छ । उपचाररत मध्ये १४ जना डिस्चार्ज भएका छन् भने ८७ वर्षीय र ६६ वर्षीय गरी २ जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

नेपाल प्रहरी अस्पतालमा जम्मा २ सय ६४ बेड उपलब्ध छन् । ती मध्ये १ सय ६१ साधारण, ७३ एचडियू (हाई डिपेन्डेन्सी युनिट) र भेन्टिलेटर सहितका २० तथा भेन्टिलेटर बाहेकका १० गरी ३० आइसियु बेड रहेका छन् ।

कोभिड–१९ बाट सङ्क्रमितको उपचार र सेवामा नेपाल प्रहरी अस्पतालले उपलब्ध साधन स्रोतको उच्चतम प्रयोग तथा थप साधन स्रोतको व्यवस्था समेत गरी अनवरत सेवा प्रदान गर्दै आइरहेको छ । सो क्रममा हाल कोभिड–१९ को महामारीबाट सङ्क्रमित बिरामीहरूको चाप बढ्दै गइरहेको अवस्थालाई मध्यनजर राखी इमर्जेन्सीमा अस्थायी रूपमा २६ बेड थप गरी अक्सिजन सहित उपचार प्रदान गरिएको छ । बेड खाली हुनासाथ उनीहरूलाई स्थानान्तरण गरी उपचार गरिने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस