२४ घण्टामा ८,८५० जनामा कोरोना संक्रमण, ८८ जनाको मृत्यु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

२४ घण्टामा ८,८५० जनामा कोरोना संक्रमण, ८८ जनाको मृत्यु


२६ बैशाख २०७८, आइतबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा ८८५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८७ पीसीआर परीक्षणमा ८ हजार ७७७ जना र ५०६ एन्टिजेन परीक्षणमा ७३ जना गरी ८ हजार ८५० पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणका कारण ५२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । तर विभिन्न मितिमा कोरोना संक्रमणका कारण मृत्यु भएका २६ जना यसअघि सरकारी तथ्यांकमा समावेश नभएका मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । योसमेत गणना गर्दा आज मृतक संख्या ८८ रहेको छ ।

आज देशभर गरी ८८ हजार १६० जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ८१ हजार ४३० जना होम आइसोलेसनमा र ६ हजार ७३० जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस