बेलायतले नेपाललाई ‘रेड जोन’मा राख्यो, यात्रालाई प्रतिबन्ध लगाउने तयारी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बेलायतले नेपाललाई ‘रेड जोन’मा राख्यो, यात्रालाई प्रतिबन्ध लगाउने तयारी


२५ बैशाख २०७८, शनिबार


काठमाडौँ । संयुक्त अधिराज्य बेलायतले कोभिड–१९ को नयाँ भेरिएन्ट फैलिएको बताउँदै नेपालबाट हुने यात्रालाई प्रतिबन्ध लगाउने तयारी गरेको छ ।

बेलायतका यातायात तथा पारवहन मन्त्रालयका सचिव ग्रान्ट सेपले शुक्रवार लन्डनमा आयोजित पत्रकार सम्मेलनमा नेपालसहित, टर्की र मालदिभ्सलाई ‘रेड जोन’मा राखिएको घोषणा गरेका छन् ।

बीबीसीका अनुशार विदेशी यात्राका लागि बेलायतले ल्याएको यो नयाँ नियम आगामी मे १७ तारिखदेखि सुरु हुने छ ।

सो प्रतिबन्ध बेलायती नागरिकबाहेक अन्य मुलुकका नागरिकमा लागु हुने जनाइएको छ । रेड जोनमा राखिएका मुलुकबाट आउने आइरिस र बेलायती नागरिकले चाहिँ सरकारले तोकेका क्वारेनटिन १० दिन अनिवार्य बस्नुपर्ने भएको छ ।

यातायात मन्त्रालयले जारी गरेको ट्राभल नियममा हरियो सूचीमा परेका देशका नागरिकले चाहिँ आफ्नो देशमा फर्कँदा क्वारेनटिन बस्नु नपर्ने प्रावधान राखिएको छ ।

प्रतिक्रिया दिनुहोस