२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटन क्षेत्रलाई सङ्कटग्रस्त घोषणा गर्न व्यवसायीको माग

अ+ अ-

पोखरा । कोभिड–१९ को महामारीले पर्यटन क्षेत्र नराम्ररी प्रभावित भएको जनाउँदै यस क्षेत्रका व्यवसायीले पर्यटन क्षेत्रलाई सङ्कटग्रस्ट क्षेत्र घोषणा गर्न माग गरेका छन् । पोखरा पर्यटन परिषद्को आयोजनामा पर्यटन क्षेत्रमा कोभिड–१९ को असर र आगामी योजनाका बारेमा सुझाव सङ्कलनका लागि आयोजना गरिएको भर्चुअल छलफलमा परिषद् आबद्ध सङ्घसंस्थाका प्रतिनिधिले सो माग गरेका हुन् ।

पहिलो चरणको कोरोनापश्चात् सुरक्षा सतर्कतासहित आन्तरिक पर्यटकको चलपहलले गति लिँदै गर्दा देखिएको न्यू भेरियन्टको कोरोनाले पर्यटन क्षेत्रलाई नराम्ररी असर गरेको र व्यवसाय धराशायी भएको जनाउँदै पर्यटन व्यवसायीले सङ्कटग्रस्त क्षेत्र घोषणा गरेर राज्यले राहत प्याकेज ल्याउनुपर्ने माग गरेका हुन् ।

परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले प्रत्यक्ष प्रभावमा परेको पर्यटन क्षेत्रलाई पछिल्लो समयको भेरियन्टले झनै प्रभावित पारेको जनाउँदै व्यवसायीलाई राहत दिन राज्य संवेदनशील हुनुपर्ने बताए । “पर्यटन क्षेत्रबाट व्यवसायी पलायन हुने स्थिति आयो, असार मसान्त नजिकिँदै छ, बैंकले साँवा ब्याजका लागि पनि उस्तै अत्याउने समय छ, सरकारको मौद्रिक नीतिले सम्बोधन गर्न ढिला भइसक्यो अब व्यवसायी कसरी अगाडि बढ्न सक्छन् ?”, उनले भने । उनले पर्यटन क्षेत्रलाई सङ्कटग्रस्त घोषणा गरेर व्यवसायीलाई पलायन हुनबाट जोगाउने जिम्मा राज्यको भएको बताए ।

पर्यटन क्षेत्रलाई जोगाउन यस क्षेत्रका व्यवसायी र पर्यटन मजूदरलाई प्राथमिकताका साथ खोप उपलब्ध गराएर सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने र आगामी बजेटमा पर्यटन क्षेत्रलाई रुग्ण उद्योगका रुपमा घोषणा गरेर विशेष राहत प्याकेज ल्याउनुपर्ने उनको भनाइ छ ।

परिषद्का महासचिव रामचन्द्र शर्माले वर्तमान अवस्थाबाट व्यवसायीले के कस्ता कठिनाइ र समस्या भोगेका छन्, संस्थागत रुपबाट ती समस्या समाधानका लागि कसरी अगाडि बढ्न सकिन्छ भनेर भर्चुअल कार्यक्रममार्फत सुझाव सङ्कलन गरिएको जानकारी दिए । शर्माका अनुसार छलफल कार्यक्रममा अधिकांश व्यवसायीले व्यवसायबाट पलायन हुने अवस्था सृजना भएको र बैकिङ साँवाब्याजले मानसिक दबाब बढेको, राज्यले मौद्रिक नीति कार्यान्वयन नभएको विषयमा धारणा राखेका थिए ।

परिषद्ले पहिला स्वास्थ्य सुरक्षामा जोड दिँदै अप्ठ्यारो अवस्थामा परेका पर्यटकलाई रेस्क्यु सेन्टर खडा गरेर उद्धारको पहल गर्ने, आगामी बजेटमा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्नका लागि विशेष पहल गर्ने निर्णय गरेको शर्माले जानकारी दिए । व्यवसायीका अुनसार हाल पोखरामा सात सय पर्यटकीय होटेलसहित पर्यटकीय क्षेत्रमा खर्बौंको लगानी रहेको छ भने दैनिक करोडभन्दा बढी घाटा यस क्षेत्रले भोगिरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस