ललितपुरका सबै एम्बुलेन्सलाई १०२ मा आबद्ध गरी कोभिडका बिरामीलाई निःशुल्क उपलब्ध गराइने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

ललितपुरका सबै एम्बुलेन्सलाई १०२ मा आबद्ध गरी कोभिडका बिरामीलाई निःशुल्क उपलब्ध गराइने


२४ बैशाख २०७८, शुक्रबार


ललितपुर । कोभिड-१९ को बढ्दो सङ्क्रमणलाई मध्यनजर राखी एम्बुलेन्स सेवाको सञ्चालन र परिचालन प्रभावकारी बनाउन ललितपुर जिल्ला अन्तर्गत सञ्चालनमा रहेका सबै एम्बुलेन्सहरूलाई यथाशीघ्र १०२ मा आबद्ध गर्न लगाउने निर्णय भएको छ ।

जिल्ला प्रशासन कार्यालय लतिलपुरका निमित्त प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतको अध्यक्षतामा बसेको बैठकले कोभिड बिरामीको लागि १०२ नम्बरमा सम्पर्क गर्न अनुरोध गर्ने र एम्बुलेन्स सेवा निःशुल्क रूपमा उपलब्ध गराउने निर्णय गरेको हो ।

बैठकले कोभिडका बिरामी बोक्न प्रयोग गरिएको डेडिकेटेट एम्बुलेन्सको लागि लागेको खर्च जुन पालिकाको क्षेत्रबाट बिरामी अस्पतालसम्म पुर्‍याइन्छ सोही स्थानीय तहले नै व्यहोर्ने व्यवस्था गर्ने र यसको लागि सम्बन्धित पालिका प्रमुखसँग छुट्टै बसी थप निर्णय गर्ने निमित्त प्रजिअ बस्नेतले बताए ।

त्यसैगरी ललितपुर जिल्लामा सञ्चालनमा रहेका एम्बुलेन्सलाई अनिवार्य रूपमा वैशाख मसान्त भित्र जिपिएस जडान गर्न लगाउने निर्णयसमेत बैठकले गरेको छ । ‘सो कार्यको लागि रेडक्रस सोसाइटी ललितपुर शाखाले समन्वय गर्ने र सोको अनुगमन गरी तत् पश्चात् जिपिएस जडान नभएका एम्बुलेन्स सञ्चालन रहेको पाइएमा नियमानुसार कारबाही गरिन्छ’, बस्नेतले भने ‘जीपीएसजडान नभएका एम्बुलेन्स ललितपुर जिल्लामा सञ्चालनमा रोक लगाइन्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस