अक्सिजन नपाएर दुई सङ्क्रमितको मृत्यु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

अक्सिजन नपाएर दुई सङ्क्रमितको मृत्यु


२४ बैशाख २०७८, शुक्रबार


भक्तपुर । अस्पतालले अक्सिजनको व्यवस्था गर्न नसक्दा एकैसाथ दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

भक्तपुर कौशलटारस्थित भक्तपुर इन्टरनेशनल नेपाल अस्पतालमा उपचारका लागि भर्ना भएका दुई कोरोना सङ्क्रमितको अस्पतालमा अक्सिजन सकिएपछि मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिए ।

भक्तपुरका अस्पतालहरुमा अक्सिजनको अभाव भइरहेको उनको भनाइ थियो । उनले उक्त अस्पतालले भर्ना भएका बिरामीलाई अक्सिजन सकिन लागेकाले अन्यत्र लैजान बिरामीका परिवारलाई भनेपछि अस्पताल खोज्दाखोज्दै मृत्यु भएको उनले जानकारी दिए ।

एकदमै गम्भीर अवस्थामा रहेका बिरामीलाई अस्पतालमा पर्याप्त अक्सिजनको व्यवस्था नगरी उपचार गर्दा बिरामीको ज्यान गएको मृतकका परिवारले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस