१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विकास निर्माणका काममा युवाको सक्रियता

अ+ अ-

गलेश्वर । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को दोस्रो लहरको सङ्क्रमण समुदाय स्तरसम्म पुगेपछि गरिएको (लकडाउन) बन्दाबन्दीका कारण म्याग्दीको बेनी नगरपालिकाका सबै मानिस घरभित्र नै खुम्चिएका छन् ।

बन्दाबन्दीका कारण फुर्सदिला बनेका म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका युवा भने सुरक्षा सावधानी अपनाएर विकास निर्माणका काममा जुटेका छन् । गाउँका आठ युवा मिलेर खहरेखोला–कुरुङ्दी–जलकेनी सडकको मर्मतका लागि बेनी नगरपालिकाले विनियोजन गरेको रु पाँच लाख बराबरको कामको ठेक्का लिएर उनीहरू सडक मर्मतमा जुटेका हुन् ।

स्थानीय युवा पूर्णबहादुर हुमेनको नेतृत्वमा रामबहादुर पोख्रेल, विकास कुवँर, कृष्ण पोख्रेललगायत युवाले अहिले धमाधम खहरे खोलामा ग्याविन जाली भर्ने काम गरिरहेका बेनी नगरपालिका–२ का वडा सदस्य चन्द्रबहादुर कुवँरले जानकारी दिए ।

वडा सदस्य कुँवरका अनुसार आर्थिक वर्ष २०७६/७७ मा बेनी नगरपालिकाको रु पाँच लाखको लागतमा निर्माण गरिएको खहरेखोला–कुरुङ्दी–जलकेनी सडकमा गत वर्ष आएको बाढीले क्षति पुर्याएपछि सोही सडकको मर्मतमा युवा जुटेका हुन् । बन्दाबन्दीको समयमा घरमा बिना काम बस्नुभन्दा युवाले रोजगारी पनि पाउने र विकासको काम पनि हुने भएकाले सडक मर्मतको जिम्मा स्थानीय युवालाई नै दिइएको उनले बताए ।

बाहिरबाट मजदुर ल्याएर काममा लगाउँदा कोरोना सङ्क्रमणको जोखिम पनि बढ्ने र स्थानीय युवा पनि बेरोजगार बस्नुपर्ने भएकाले गाउँकै युवालाई काममा लगाइएको खहरेखोला–कुरुङ्दी–जलकेनी सडक मर्मत उपभोक्ता समितिका अध्यक्ष रामबहादुर पोख्रेलले बताए । अध्यक्ष पोख्रेलका अनुसार सडकको खहरेखोला खण्डमा २२ वटा र अन्य भागमा १८ गरी ४० वटा ग्याविन जाली भर्नुका साथै स्काभेटरको माध्यमद्वारा खहरे खोलादेखि जलकेनी बान्नोसम्मको करिब १ किलोमिटर सडकको मर्मत तथा सरसफाइ गरिने छ ।

प्रतिक्रिया दिनुहोस