माल्दिभ्सका पूर्वराष्ट्रपति बिस्फोटमा परी घाइते « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

माल्दिभ्सका पूर्वराष्ट्रपति बिस्फोटमा परी घाइते


एजेन्सी

२४ बैशाख २०७८, शुक्रबार


माले । माल्दिभ्समा बिहीबार साँझ भएको भएको बिस्फोटमा परी पूर्वराष्ट्रपति तथा अहिलेको संसद्का सभामुख मोहमद नसिद घाइते भएका छन्।

स्थानीय मिडियाका अनुसार बिहीबार साँझ उनको कार नजिकै बिस्फोट भएको थियो ।

बिस्फोटमा घाइते भएका नसिदलाई एडिके अस्पतालमा भर्ना गरिएको छ। उनका एक जना बडीगार्ड र एक जना विदेशी नागरिक पनि बिस्फोटमा परी घाइते भएका छन्।

५३ वर्षीय नसिदको अवस्था कत्तिको गम्भीर छ भन्नेबारेमा खुलाइएको छैन।

बिस्फोटको जिम्मा अहिलेसम्म कसैले लिएको छैन। प्रहरीले घटनास्थल घेरा हालेर अनुसन्धान जारी राखेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस