सङ्क्रमित स्वास्थ्यकर्मी नै उपचारमा संलग्न « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सङ्क्रमित स्वास्थ्यकर्मी नै उपचारमा संलग्न


२१ बैशाख २०७८, मंगलबार


धादिङ । जिल्लामा कोरोना सङ्क्रमित भई आइसोलेशनमा उपचार गराइरहेका एक स्वास्थ्यकर्मी बिरामीको उपचारमा संलग्न छन् ।

धादिङ अस्पतालद्वारा सञ्चालित अस्थाइ कोभिड– १९ अस्पतालको आइसोलेशनमा बसेका जिल्ला अस्पतालमा रेडियोग्राफर पदमा कार्यरत सुन्दरी गिदेल मगर बिरामीका एक्स– रे गर्ने काम गरिरहेकी छिन। उनले भनिन्, ‘बिरामीको सेवा गर्न पाउँदा खुशी लागेको छ । कोरोनासँग जुध्न सामूहिक प्रयत्नको खाँचो रहेको छ ।’

उनी यही वैशाख १८ गतेदेखि कोरोना पोजेटिभ भएर आइसोलेशनमा उपचार गराइहेकी छिन् । जिल्ला अस्पतालमा कार्यरत १३ जना स्वास्थ्यकर्मी कोभिड १९ पोजेटिभ भएर आइसोलेशनमा रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस