महाकाली अस्पताललाई ४१ थान अक्सिजन सिलिण्डर सहयोग « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

महाकाली अस्पताललाई ४१ थान अक्सिजन सिलिण्डर सहयोग


२१ बैशाख २०७८, मंगलबार


कञ्चनपुर । ह्युमनिटी फाउण्डेशन नेपालले महाकाली अस्पताललाई आज ४१ थान अक्सिजन सिलिण्डर सहयोग गरेको छ ।

सरकारी अस्पताललाई निःशुल्क रुपमा अक्सिजन उपलब्ध गराउने अभियान अन्तर्गत महाकाली अस्पताललाई सहयोग गरिएको हो ।

अक्सिजनको अभाव रहेको अवस्थामा ह्युमनिटीले सहयोग गरी अस्पतालमा उपचारार्थ भर्ना भएका बिरामीको ज्यान जोगाउन सघाउ पुर्याएको महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले बताए।

यसअघि ह्युमनिटीले सेती प्रादेशिक अस्पताल धनगढीलाई १०० र डडेल्धुरा उप क्षेत्रीय अस्पताललाई १० थान अक्सिजन सिलिण्डर उपलब्ध गराएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस