भोलि राती १२ बजेदेखि हिँडडुलमा प्रतिबन्ध लगाउने उपत्यका सिडिओहरूको निर्णय, सबै पास खारेज « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भोलि राती १२ बजेदेखि हिँडडुलमा प्रतिबन्ध लगाउने उपत्यका सिडिओहरूको निर्णय, सबै पास खारेज


२१ बैशाख २०७८, मंगलबार


काठमाडौँ । कोरोना सङ्क्रमणको ‘चेन ब्रेक’ गर्न थप कडाइ गर्दै उपत्यकास्थित प्रमुख जिल्ला अधिकारीहरूको बैठकले हिँडडुलमा समेत प्रतिबन्ध लगाउने निर्णय गरेका छन् ।

भर्खरै मात्र सम्पन्न काठमाडौँ, भक्तपुर र ललितपुरका सिडियोहरुको संयुक्त बैठकले भोलि बुधबार राती १२ बजेदेखि २९ गते राती १२ बजेसम्म अत्यावश्यक अवस्थामावाहेक हिँडडुलमा रोक लगाउने निर्णय गरेको हो । यससँगै काठमाडौँ उपत्यकामा थप एक हप्ताका लागि निषेधाज्ञा थप भएको छ ।

यसबारे औपचारिक निर्णय केही बेरमा सार्वजनिक गर्ने तयारी भइरहेको छ ।

सम्बन्धित समाचार : उपत्यकामा हिँडडुलमै प्रतिबन्ध लगाउने तयारी 

सम्बन्धित समाचार : भोलिदेखि बेलुका पसल खोल्न नपाइने, निषेधाज्ञामा थप कडाइ

त्यसै गरी भोलि रातीदेखि नै सबैखाले पास खारेज गरिएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतका अनुसार अति आवश्यक अवस्थामावाहेक नयाँ पास दिइनेछैन ।

Tags :
प्रतिक्रिया दिनुहोस