नागरिकको जीवनरक्षा यो सरकारको पहिलो दायित्व हो: प्रधानमन्त्री ओली « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

नागरिकको जीवनरक्षा यो सरकारको पहिलो दायित्व हो: प्रधानमन्त्री ओली


प्रशासन संवाददाता

२० बैशाख २०७८, सोमबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको जीवन रक्षाका लागि सरकार लागिपरहेको बताएका छन् । सोमबार देशवासीका नाममा सम्बोधन गर्दै ओलीले सरकार महामारीबाट जनताको जीवन जोगाउन लागिपरेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले भने,‘हरेक नागरिकको जीवनरक्षा यस सरकारको पहिलो दायित्व हो । कुनै पनि नागरिक स्वास्थ्य सुविधाबाट वञ्चित हुन नपरोस् र महामारीका कारण कसैले जीवन गुमाउन नपोरोस् भन्नेमा सरकार संवेदनशील छ ।’ कोरोना महामारीबाट जनताको जीवन जोगाउनका लागि सरकारले आफ्ना सबै संयन्त्र परिचालन गरेको पनि प्रधानमन्त्री ओलीले बताए ।

हालसम्म कोरोनाबाट अनाहकमा यस महामारीबाट ३ हजारभन्दा बढीले ज्यान गुमाएको प्रधानमन्त्रीको भनाइ छ। उनले सबै नागरिकलाई खोप लगाउनका लागि सरकार लागिपरेको बताए । हाल संक्रमण फैलिन नदिनका लागि विज्ञहरूको सुझावअनुसार नै निषेधाज्ञा लगाउनेदेखि अन्तर्राष्ट्रिय र आन्तरिक उडान रोकिएको, भारतसँगका नाका बन्द गरिएको प्रधानमन्त्री ओलीले बताए ।

यस्तै, अवकाश प्राप्त चिकित्सकलाई एक वर्षका लागि करारमा नियुक्त गरिने पनि उनले बताएका छन् । स्वास्थ्यकर्मीलाई मासिक तलबको ५० प्रतिशत भत्ताको व्यवस्था गरिने प्रधानमन्त्री ओलीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस