१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वन निगममा ‘सिइओ’ नियुक्ति प्रक्रिया अन्तिम चरणमा

अ+ अ-

काठमाडौँ । वन तथा वातावरण मन्त्रालयले ‘नेपाल वन निगम लमिटेड’मा लामो समयदेखि रिक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्ति प्रक्रिया अघि बढाएको छ ।

मन्त्रालयले सो पदमा दरखास्त दिने उम्मेदवार मध्येबाट मोरङका पंकजकुमार दास, काठमाडौँका अच्युतराज पहाडी र बझाङका रामेश्वर भट्टराईको नामावली छनोट सूची परेको सूचना यही वैशाख १८ गते सार्वजनिक गरेको हो ।

‘सर्टलिष्ट’ परेकाको वैशाख २६ गते व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र २७ गते अन्तर्वार्ता गरिने परिक्षा तालिका मन्त्रालयले यस अघि नै प्रकाशन गरिसकेको मन्त्रालयका प्रवक्ता प्रकाश लम्सालले जानकारी दिए । यस अघि आवेदन परेकाहरूको वैशाख १५ र १६ गते व्यवसायिक कार्ययोजनाको अध्ययन मूल्याङ्कन कार्यक्रम गरी सूची प्रकाशन गरिएको थियो ।

मन्त्रालयले गत चैत ३ गते निगमको प्रमुख कार्यकारी अधिकृत पदमा खुला प्रतिष्पर्धात्मक प्रतियोगताद्वारा पदपूर्ति गर्न १५ दिनको समयावधि तोकी सूचना प्रकाशित गरेको थियो । साथै यसअघि २०७६ साल भदौ १ गते मन्त्रालयद्वारा नै प्रकाशित वन निगमको प्रमुख कार्यकारी अधिकृतको नियुक्तिको विज्ञापन २०७७ साल चैत १ मन्त्रिस्तरीय निर्णयबाट रद्द गरिएको थियो ।

सूचनाअनुसार उक्त पदमा मान्यताप्राप्त विश्वविद्यालयबाट सम्बन्धित विषयमा स्नातकोत्तर उपाधि गरी सम्बन्धित क्षेत्रमा सात वर्ष काम गरेको र ३० वर्ष उमेर पूरा भएको योग्यता तोकिएको थियो । सिइओ छनोटका लागि गठिन समितिले अन्तिम तीन जनाको नामावली छनोट गरी मन्त्रालयमा पठाउने र मन्त्रालयको प्रस्तावमा तीन जनामध्येबाट मन्त्रिपरिषद् बैठकले एक जनालाई नियुक्ति गर्नसक्ने कार्यविधिमा व्यवस्था छ ।

वन व्यवस्थापनबाट उत्पादन हुने काठ दाउराको व्यवस्थितरूपमा कटान सङ्कलन, चिरान गरी सर्वसाधारण जनतालाई आपूर्ति गर्ने उद्देश्ले २०१७ सालमा स्थापित द टिम्बर कर्पोरेसन अफ नेपाल लिमिटेडको नै हालको वन निगम हो ।

प्रतिक्रिया दिनुहोस