आफ्नै खुसीले माओवादी केन्द्र रोजेकी हुँ: विमला « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

आफ्नै खुसीले माओवादी केन्द्र रोजेकी हुँ: विमला


प्रशासन संवाददाता

१९ बैशाख २०७८, आइतबार


बुटवल । लुम्बिनी प्रदेशसभा सदस्य विमला वलीले आफूले राजीखुसी नेकपा माओवादी केन्द्र रोजेको बताएकी छन् ।

उनी दाङ ३ (ख) मा भएको उपचुनावमा साविकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट विजयी भएकी थिइन् । एमालेले एकल बहुमतको सरकार गठनका लागि दाबी गरे लगत्तै वलीले माओवादी केन्द्र रोजेको सूचना सार्वजनिक भयो ।

एमाले नेताहरुले वलीलाई अपहरण गरिएको हुनसक्ने दाबी गरेका थिए । तर प्रदेशसभा सदस्य वलीले पत्रकार सम्मेलन गरेर त्यसलाई प्रष्टाएकी छन् । उनले भनिन्, ‘कसैले आउनुपर्छ भनेर होइन, मेरो आफ्नै खुसीले माओवादी केन्द्र रोजेको हुँ ।’

चुनावका क्रममा हाल माओवादी केन्द्रमा भएका नेताहरुबाटै बढी सहयोग पाएको पनि उनले बताइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस