आइतबार मध्यरातिबाट काभ्रेमा निषेधाज्ञा लागू « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आइतबार मध्यरातिबाट काभ्रेमा निषेधाज्ञा लागू


प्रशासन संवाददाता

१८ बैशाख २०७८, शनिबार


काठमाडौँ । काभ्रेमा भोलि मध्यरातिदेखि निषेधाज्ञा लागू हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काभ्रेले शनिबार सूचना जारी गर्दै १९ गते आइतबार मध्यरातिबाट २६ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा घोषणा गरेको हो ।

अत्यावश्यक काममा बाहेक हिँडडुल गर्न रोक लगाइएको छ । सार्वजनिक तथा निजी सवारी पनि अरनिको राजमार्गको साँगादेखि बनेपा, धुलिखेल, पाँचखाल हुँदै दोलालघाटसम्म सडकको दायाँबायाँ ५०० मिटरसम्म सञ्चालन गर्न पाइने छैन ।

बनेपा–तीनदोबाटो–नाला सडक तथा बनेपा–पनौती–खोपासी सडकको दायाँबायाँ ५०० मिटरसम्म तथा बिपी राजमार्गको धुलिखेलदेखि भकुण्डेबेंसी हुँदै मंगलटारसम्म सडकको दायाँबायाँ २०० मिटरसम्म सवारी सञ्चालन गर्न पाइने छैन । अत्यावश्यक क्षेत्रलाई भने रोक लगाइएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस