काठमाडौँका सिडियो आफै निस्किए अनुगमनमा, निषेधाज्ञा थप कडा पारिने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

काठमाडौँका सिडियो आफै निस्किए अनुगमनमा, निषेधाज्ञा थप कडा पारिने


१८ बैशाख २०७८, शनिबार


काठमाडौँ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली आफैँ अनुगमनमा निस्किएका छन् । कोरोनाको दोस्रो लहरले निम्त्याएको जोखिम न्यूनीकरण गर्न सरकारले गरेको निषेधाज्ञा कडाइका लागि प्रजिअ पराजुली आफैँ अनुगमनमा निस्किएका हुन् ।

शुक्रवार बसेको जिल्लास्तरीय कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसिसिएमसी) बैठकले निषेधाज्ञाको प्रभावकारी कार्यान्वयन गरेको थियो । शनिवार सशस्त्र प्रहरी, नेपाल प्रहरीका सुरक्षा अधिकारी, काठमाडौँका मेयर विद्यासुन्दर शाक्यसाथै पराजुली पनि अनुगमनमा निस्केका हुन् ।

‘निषेधाज्ञाको पूर्ण पालना भएको छ, २० गते पुनः बैठक बसेर निषेधाज्ञालाई थप कडाइ गरिने छ’ शनिवार अनुगमनका क्रममा प्रजिअ पराजुलीले भने,‘आज सार्वजनिक यातायात पनि चल्न दिइएको छैन, हिजो अस्ति भन्दा कडाइ पनि गरिएको छ, भिडभाड हुन दिइएको छैन ।’

अनुगमनका क्रममा प्रजिअ पराजुली, काठमाडौँका मेयर शाक्यसहितको टोलीले वीर अस्पतालको नयाँ भवनको पनि अनुगमन गरेको उनले बताए ।

कोरोना सङ्क्रमित बिरामीहरूका लागि वीर अस्पतालको नयाँ भवन पनि छिट्टै सञ्चालन गरिने उनको भनाइ छ । उनले भने, ‘मेयर सहितको टोलीले वीर अस्पतालको पनि अनुगमन गरेका छौँ, यहाँको नयाँ भवनलाई छिट्टै व्यवस्थापन गरिने छ, भवन छिट्टै सञ्चालनमा आउने छ ।’

प्रजिअ पराजुली निषेधाज्ञा लागू भएको दिनदेखि नै अनुगमनमा निस्किएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस