धौलागिरि हिमालमा १५ वर्षअघि दुर्घटनाग्रस्त एयर डाइनेस्टीको हेलिकप्टर र मानव अवशेष भेटियो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

धौलागिरि हिमालमा १५ वर्षअघि दुर्घटनाग्रस्त एयर डाइनेस्टीको हेलिकप्टर र मानव अवशेष भेटियो


प्रशासन संवाददाता

१७ बैशाख २०७८, शुक्रबार


काठमाडौँ । धौलागिरि हिमालमा नेपाली सेनाले दुर्घटनाग्रस्त हेलिकप्टर र दुईवटा मानव अवशेष फेला पारेको छ ।

नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले नेपाली सेनाको हिमाल सफाइ अभियान २०२१ को टोलीले बिहीबार धौलागिरि आधार शिवरमा दुई मानव अवशेष र हेलिकप्टरको भग्नावशेष फेला पारेको जानकारी दिए ।

१५ वर्षअघि धौलागिरि हिमालमा दुर्घटना भएको एयर डाइनेस्टीको नाइन एन एसीआर कल साइन भएको हेलिकप्टरको भग्नावशेष भेटेको हो ।

मृतकको पहिचान नखुलेको र यस विषयमा अनुसन्धान भइरहेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस