गायक प्रकाश सपूतलाई कोरोना संक्रमण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गायक प्रकाश सपूतलाई कोरोना संक्रमण


प्रशासन संवाददाता

१७ बैशाख २०७८, शुक्रबार


काठमाडौंँ । गायक प्रकाश सपूतलाई कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौँ मेडिकल कलेज (केएमसी)मा गरिएको पीसीआर परिक्षणमा सपुतको रिपोट पोजेटिभ आएको हो ।

सपूतले आफु कोरोना संक्रमित भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्– ‘अन्ततः काठमाडौँ मेडिकल कलेजका अनुसार मेरो पीसीआर रिपोर्टमा कोरोना पोजिटिभ देखिएको छ । सर्वप्रथम त यो बीचमा मेरो प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबै जनाले पीसीआर टेस्ट गर्नुहोला ।’

एकदमै धेरै शरीर दुख्ने–गल्ने, छटपटी हुने, टाउको भारी हुने, घरीघरी श्वास बढ्ने र केहि हुन्छ कि जस्तो एन्जाइटी महसुस भएपछि आफूले पीसीआर टेस्ट गराएको उनले जानकारी दिएका छन् । उनी अहिले होम आइसोलेशनमा बसेका छन् ।

आफ्नो अवस्था सामान्य रहेको बताएका सपूतले लेखेका छन् ‘कोरोना जित्न सकिन्छ भन्ने आत्मबल राखौँ । तर यसलाई सामान्य भने नठानौँ । किनकि लक्षण सामान्य भएपनि यसले निकै हतोत्साही बनाउने रहेछ । सतर्कता अपनाउ सुरक्षित बसौँ !’

Tags :
प्रतिक्रिया दिनुहोस