पाँँचखालमा आगलागीबाट पच्चीस लाख क्षति « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पाँँचखालमा आगलागीबाट पच्चीस लाख क्षति


१७ बैशाख २०७८, शुक्रबार


बनेपा । काभ्रेपलाञ्चोकको पाँँचखाल नगरपालिका–४ तामाघाट बजारको एक किराना पसलमा आज बिहान आगलागी हुँदा करीब २५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

बजार क्षेत्रमा रहेको स्थानीय बासिन्दा घलबहादुर दनुवारको ट्रसले बनाएको एकतले घरको सटरमा सोही नगरपालिका–२ घर भई सटर भाडामा लिई सञ्चालन गरेका दयाराम कोइरालाको किराना पसलमा बिहान करिब साढे १ बजे अचानक विद्युत् चुहावट भई आगलागी हुँदा पसलका सबै सामान नष्ट भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले बताए ।

वडा नं ४ का वडाध्यक्ष सुन्दर तामाङका अनुसार पसललगायत पछाडिको गोदाममा रहेको सबै सामान जलेर नष्ट भएको छ । कोरोना सङ्क्रमणको प्रभावका कारण बन्दाबन्दी हुने आशङ्कामा पसलका लागि थप सामान ल्याएर गोदाम गरेर राखेको पसलमा राति अचानक विद्युत् चुहावट भएर आगलागी भएको हुनसक्ने उनको भनाइ छ।

आगलागी भएपछि प्रहरी चौकी पाँचखाल, सशस्त्र प्रहरी बल १५ नं गण हेडक्वार्टर पाँचखालको दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगो निभाइएको वडाध्यक्ष तामाङले बताए । आगलागीबाट पसलसँग रहेको स्थानीय प्रितीमान तामाङको फेन्सी पसलमा समेत सामान्य क्षति भएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस