थाइल्यान्ड र मलेसिया अनलाइन वैदेशिक तालिम छात्रवृत्तिका लागि कर्मचारीसँग निवेदन माग « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

थाइल्यान्ड र मलेसिया अनलाइन वैदेशिक तालिम छात्रवृत्तिका लागि कर्मचारीसँग निवेदन माग


१६ बैशाख २०७८, बिहिबार


काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अनलाइन वैदेशिक तालिम छात्रवृत्तिका लागि निवेदन माग गरेको छ ।

मन्त्रालयले थाइल्यान्ड र मलेसिया सरकारद्वारा नेपाल सरकारका निजामती कर्मचारीहरूलाई उपलब्ध गराइएको अनलाइन वैदेशिक तालिम छात्रवृत्तिका लागि मन्त्रालय वा अन्तर्गतका निकाय वा स्थानीय तहमा कार्यरत शाखा अधिकृत वा सो सरह र सो भन्दा माथिल्लो पदका कर्मचारीहरूमध्येबाट मनोनयन गर्ने निर्णय भएको भन्दै योग्यता पुगेका अधिकृत कर्मचारीहरूबाट निवेदन माग गरेको हो ।

इच्छुक अधिकृत कर्मचारीहरूले विवरण खुलाई अद्यावधिक व्यक्तिगत विवरणसहित वैशाख २० भित्र मन्त्रालयमा आई पुग्ने गरी निवेदन दिन भनिएको छ ।

हेर्नुहोस् सूचना

Tags :
प्रतिक्रिया दिनुहोस