बाबुराम भट्टराई अस्पताल भर्ना, भोलि शल्यक्रिया « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बाबुराम भट्टराई अस्पताल भर्ना, भोलि शल्यक्रिया


प्रशासन संवाददाता

१६ बैशाख २०७८, बिहिबार


काठमाडौँ। पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईको पेटको न्युरो–इन्डोक्राइन ट्युमरको शल्यक्रियाका लागि वीर अस्पतालमा भर्ना भएका छन् ।

भट्टराईले आफू केही हप्ता सार्वजनिक जीवनबाट टाढा रहने भन्दै कोरोनाको दोस्रो लहरसँग जुझ्न र राजनीतिक गतिरोध अन्त्य गर्न सफल रहूँ भन्ने कामना समेत गरेका छन्।

‘पेटको न्युरो–इन्डोक्राइन ट्युमरको शल्यक्रियाका लागि वीर अस्पताल भर्ना भएको छु,’ भट्टराईले ट्वीटमा भनेका छन्, ‘दक्ष चिकित्सक र स्वास्थ्यकर्मीको सत प्रयास र सबैको सद्भावले स्वास्थ्य लाभ हुने नै छ। केही हप्ता सार्वजनिक जीवनबाट टाढा रहँदा कामना छ९कोरोनाको दोस्रो लहरसँग जुझ्न र राजनीतिक गतिरोध अन्त्य गर्न हामी सफल रहौँ ।’

ट्युमर चाँडो फाल्नुपर्ने चिकित्सकको सुझाव अनुसार भट्टराईको भोलि वीर अस्पतालमा शल्यक्रिया हुन थालेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस