कास्कीमा थप दुईजना कोरोना संक्रमितको मृत्‍यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कास्कीमा थप दुईजना कोरोना संक्रमितको मृत्‍यु


प्रशासन संवाददाता

१६ बैशाख २०७८, बिहिबार


कास्की । कास्कीमा थप दुईजना कोरोना संक्रमितको मृत्‍यु भएको छ ।

पोखरा महानगरपालिका–१४ का ४३ वर्षीय पुरुषको मेडिप्लस अस्पतालमा बुधबार बेलुका ७:३० बजे मृत्‍यु भएको हो । उनलाई ७ गते वैशाख नै कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै पोखरा महानगरपालिका–७का ८९ वर्षीया महिलाको होम आइशोलेशनमा निधन भएको हो । उनमा ८ गते वैशाखमै कोरोना संक्रमण पुष्टि भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस