पहाडका अधिकांश क्षेत्रमा दुई दिनसम्म वर्षा हुने सम्भावना « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पहाडका अधिकांश क्षेत्रमा दुई दिनसम्म वर्षा हुने सम्भावना


प्रशासन संवाददाता

१६ बैशाख २०७८, बिहिबार


काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका अधिकांश पहाडी क्षेत्रमा बिहीबार (आज) वर्षा भएको छ ।

पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण नेपालको सबै प्रदेशको पहाडी क्षेत्रमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी क्षेत्रमा हल्का र मध्यम वर्षा हुने सम्भावना देखिएको मौसमविदले जानकारी दिएका छन् ।

तराई क्षेत्रमा भने सामान्य मौसम बदली देखिए पनि पानी परेको छैन । पहाडी क्षेत्रमा दुई दिनसम्म पानी पर्न सक्छ । तर तराईमा भने मौसम बदली र सामान्य वर्षा भए पनि ठूलो पानी नपर्ने मौसमविदले जानकारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस