बाँकेमा थप २ जना कोरोना संक्रमितको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बाँकेमा थप २ जना कोरोना संक्रमितको मृत्यु


प्रशासन संवाददाता

१६ बैशाख २०७८, बिहिबार


काठमाडौँ । पछिल्लो १४ घण्टामा बाँकेमा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ । बुधबार राति ८ः५५ बजेदेखि बिहीबार बिहान ८ बजेसम्म ८ जनाको मृत्यु भएको थियो ।

बिहीबार बिहान पुनः आधा घण्टाको फरकमा थप दुई जनाको मृत्यु भएसँगै पछिल्लो १४ घण्टामा कोरोना संक्रमणबाट बाँकेमा १० जनाको मृत्यु भएको छ ।

भेरी अस्पतालमा कैलालीको टिकापुर नगरपालिका–१ की ५२ वर्षीया महिला र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बाँकेको नेपालगञ्ज–८ का ३३ वर्षीय पुरुषको आधा घण्टाको फरकमा मृत्यु भएको हो ।

कैलालीकी ५१ वर्षीया महिलाको बिहीबार बिहान १० बजे भेरी अस्पतालमा मृत्यु भएको हो भने, नेपालगञ्ज–८ का ३३ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेजमा बिहीबार बिहान १०ः३० बजे मृत्यु भएको हो । महिलामा वैशाख १४ गते गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको थियो । ३३ वर्षीय पुरुषको वैशाख १३ गते गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ आएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस