कोभिसिल्ड खोप निर्माण कम्पनीका सीईयोलाई धम्की, गृहले दियो ‘वाइ’ श्रेणीको सुरक्षा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कोभिसिल्ड खोप निर्माण कम्पनीका सीईयोलाई धम्की, गृहले दियो ‘वाइ’ श्रेणीको सुरक्षा


एजेन्सी

१६ बैशाख २०७८, बिहिबार


काठमाडौँ । भारतको सीरम इन्स्टिच्युट अफ इन्डियाका प्रमुख कार्यकारी अधिकृतलाई धम्की आएपछि ‘वाइ’ श्रेणीको सुरक्षा दिने निर्णय गरिएको छ । कोरोना भाइरसविरुद्ध ‘कोभिसिल्ड’ खोप निर्माण गरिरहेको कम्पनीका सिईयो अधर पुनावाललाई केन्द्र सरकारले सुरक्षा सुरक्षा दिने निर्णय गरेको हो।

अप्रिल १६ मा सीरमका निर्देशक प्रकाश कुमार सिंहले भारतको गृह मन्त्रालयलाई पत्र पठाउँदै पुनावालालाई सुरक्षा प्रदान गर्न निवेदन दिएका थिए। पत्रमा सिंहले भ्याक्सिन वितरणलाई लिएर केही समूहले पुनावालालाई बारम्बार धम्की दिइरहेको उल्लेख गरेका थिए।

मन्त्रालय र सुरक्षा अधिकारीले अवस्थाको मूल्यांकन गर्दै पुनावालालाई सुरक्षा दिने निष्कर्ष निकालेका हुन्। अब पुनावालालाई केन्द्रीय रिजर्भ प्रहरी फोर्स (सीआरपीएफ) ले सुरक्षा प्रदान गर्नेछ।

अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर विकास गरेको ‘कोभिसिल्ड’ खोपलाई भारतको सीरम इन्स्टिच्युटले उत्पादन गरेको हो।

भारतमा कोभिसिल्ड सँगै कोभ्याक्सिन खोप प्रदान गरिँदै आइएको छ। भारतमा १८ वर्षभन्दा माथिका सबैलाई भ्याक्सिन दिने निर्णय भइसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस