२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसदीय समितिटोलीद्वारा वीर र पाटन अस्पताल निरीक्षण

अ+ अ-

काठमाडौँ । संसदीय समितिले वीर र पाटन अस्पतालको निरीक्षण गरी कोभिड–१९ का बिरामीलाई प्रदान गरिरहेको सेवा प्रवाहबारे जानकारी लिएको छ ।

प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठको नेतृत्वमा गएको संसदीय टोलीले आज वीर अस्पताल र पाटन अस्पतालमा कोभिड-१९ का बिरामीको चाप र उपलब्ध सेवाबारे जानकारी लिएको हो । टोलीले ती दुवै अस्पतालको जनशक्तिको दरबन्दी, हाल कार्यरत जनशक्ति, सेवा प्रवाह र उपचारमा देखिएको चुनौतीबारे अस्पताल प्रमुखसँग जानकारी लिएको थियो ।

संसदीय टोलीलाई वीर अस्पतालका कार्यकारी निर्देशक डा शान्ता सापकोटा र पाटन अस्पतालका कार्यकारी निर्देशक डा रवी शाक्यले अस्पतालको भौतिकपूर्वाधार, जनशक्ति र उपलब्ध सेवाबारे जानकारी गराएका थिए । अस्पताल व्यवस्थापनले कोभिड–१९ का लागि छुट्याइएका शय्या, व्यवस्थपन गरिएको अक्सिजन, पीपीई र उपलब्ध सेवा सुविधाबारे जानकारी गराएको थियो ।

वीर अस्पतालले कोभिड–१९ का बिरामीलाई १०७ र पाटन अस्पतालले २५० श्यया व्यवस्थापन गरेको जानकारी दिइएको समितिका सचिव बविता मिश्रले बताइन् । दुवै अस्पताल व्यवस्थापनले कोरोनाका बिरामीको उपचारका लागि चिकित्सकसहित नर्सको बढी आवश्यकता परेको जानकारी गरायो ।

वीर अस्पतालको अक्सिजन प्लान्ट लामो समयदेखि बन्द रहेकामा केही दिनदेखि सञ्चालनमा ल्याइए पनि पाटन अस्पतालको प्लान्ट भने अझै सञ्चालन हुन नसकेको जानकारी दिइयो । वीर अस्पतालको प्लान्टबाट दैनिक १५० सिलिन्डरसम्म अक्सिजन उत्पादन हुने बताइएको छ । पाटन अस्पतालले अन्य अस्पतालको तुलनामा सङ्क्रमणको जोखिममा रहेका सुत्केरीलाई सेवा उपलब्ध गराउँदै आएको जानकारी दिइएको छ ।

संसदीय टोलीले कोभिडका बिरामीको उपचारका लागि कुनै कसर बाँकी नराख्न सुझाव दिँदै अस्पताललाई परेको समस्या समाधानका लागि संसद्ले पहल गर्ने भएकाले लिखितरुपमा सुझाव उपलब्ध गराउन निर्देशन दिएको थियो । टोलीमा सदस्य देवेन्द्रराज कँडेल, लालबाबु पण्डित, प्रेम सुवाल, महेश्वरराज गहतराज र तीर्था गौतम सहभागी थिए ।

समितिले आफ्नो सुशासनको कार्यक्षेत्रको पाटोबाट अस्पतालबाट हालको परिस्थितिमा उपलब्ध सेवा र भोगिरहेका समस्याबारे जानकारी लिने उद्देश्यले अनुगमन कार्य प्रारम्भ गरेको हो । समितिले केही दिनभित्रै अन्य अस्पतालको समेत निरीक्षण गर्ने छ ।

प्रतिक्रिया दिनुहोस