विदेश जानेहरुको पीसीआर रिपोर्टमा सम्बन्धित व्यक्तिको फोटो राख्नुपर्ने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

विदेश जानेहरुको पीसीआर रिपोर्टमा सम्बन्धित व्यक्तिको फोटो राख्नुपर्ने


१५ बैशाख २०७८, बुधबार


काठमाडौँ । सरकारले कोरोना रिपोर्ट परीक्षणमा कडाइ गरेको छ । केहि समयअघि विदेश जाने प्रयोजनका लागि गरिने पीसीआर परीक्षण रिपोर्ट नक्कली फेला परेपछि सरकारले रिपोर्ट परिक्षणमा कडाइ गरेको हो ।

सरकारले विदेश जाने प्रयोजनका लागि गरिने पीसीआर परीक्षणको रिपोर्टमा सम्बन्धित व्यक्तिको फोटो राख्नुपर्ने नियम बनाएको छ । पीसीआर परीक्षण ए वर्गका प्रयोगशालामात्र गरिने र ती रिपोर्टमा सम्बन्धित व्यक्तिको फोटो र वारकोड राख्नुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

वा आईएमयू अनलाइन प्रणालीबाट नाकामै हेर्न मिल्ने गरी उपलब्ध गराइएको रिपोर्ट मात्र मान्य हुने व्यवस्था गर्ने निर्णय भएको मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले जानकारी दिए ।

यसअघि काठमाडौँका सुरिया ल्याबमा गरिएको पीसीआर परीक्षणको रिपोर्ट नक्कली फेला परेको थियो । उक्त घटनापछि सरकारले रिपोर्ट परीक्षणमा कडाइ गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस