सदर चिडियाखाना बिहीबारदेखि बन्द हुने « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सदर चिडियाखाना बिहीबारदेखि बन्द हुने


प्रशासन संवाददाता

१५ बैशाख २०७८, बुधबार


काठमाडौँ । सदर चिडियाखाना बिहीबारदेखि बन्द हुने भएको छ । नेपालमा कोरोना भाइरस संक्रमणको दर बढेपछि सरकारले निषेधाज्ञा जारी गरेसँगै चिडियाखाना पनि बन्द हुने भएको हो ।

सरकारले अर्को निर्णय जारी नगरेसम्म बिहीबारदेखि वैशाख २२ गतेसम्म चिडियाखाना बन्द गर्ने निर्णय गरिएको प्रमुख चिरञ्जिवी पोखरेलले बताए ।

बिहीबारबाट चिडियाखाना बन्द भएपनि प्रशासनिक तथा अन्य कामहरु स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सञ्चालन हुने पोखरेलले जानकारी दिए ।

उनले भने , ‘निषेधाज्ञा अवधिभर आगन्तुकहरु आउनुहुन्न,अन्य काम भने हुनेछन्’ । वन्यजन्तुहरुलाई खुवाउने,नियमित औषधि दिनेजस्ता अन्य कामहरु हुने उनले बताए ।

 

Tags :
प्रतिक्रिया दिनुहोस