२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोनाविरुद्धको खोप सबैको पहुँचमा हुनुपर्नेमा नेपालको जोड

अ+ अ-

काठमाडौँ । नेपालले कोरोनाविरुद्धको खोप राष्ट्रवाद र जातीयताको वस्तु नबनाउन तथा त्यसलाई सबैले खरिद गर्न सक्ने सबैको सहज पहुँचको सार्वजनिक सामग्री हुनुपर्नेमा जोड दिइएको छ ।

‘सङ्कटको घडीमा क्षेत्रीय सहयोगको माध्यमबाट एसिया–प्रशान्त क्षेत्रमा अझ उन्नत पुनःनिर्माण’ विषयमा थाइल्याण्डको राजधानी बैङ्कमा जारी एसिया–प्रशान्तका लागि संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक आयोग (युएन इस्क्याप) को ७७औँ बैठकमा अप्रत्यक्षरूपमा भाग लिँदै नेपालले समग्र मानव जाति सङ्कटमा रहेको वर्तमान अवस्थामा विश्वलाई एउटै समाज ठानेर सबै राष्ट्रहरूबीच सहयोग र साझेदारी अपरिहार्य भएकामा जोड दिइएको हो ।

बैठकमा छ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा. पुष्पराज कँडेलले कोभिड–१९ को महामारीले नेपालको अर्थतन्त्रमा पारेको प्रभाव त्यसबाट व्यापार, पर्यटन र यातायात क्षेत्र सर्वाधिक प्रभावित भएको बताउँदै त्यसलाई फैलिन नदिन नेपाल सरकारले अवलम्बन गरेका उपायहरूबारे जानकारी दिए । बैङ्कस्थित नेपालको राजदूतावासले आज जनाएको छ ।

उपाध्यक्ष कँडेलले महामारीका कारण अति कम विकसित राष्ट्रहरूको विकासशील देशमा स्तरोन्नत हुने आकाङ्क्षामा तुषारापात गर्ने आशङ्का व्यक्त गर्दै नेपालले आफ्ना नागरिकको जीवनको रक्षा, स्वास्थ्य सेवा प्रणालीको सुदृढीकरणका साथै अर्थतन्त्रको दिगोपना र उत्थानशील पुनःप्राप्तिलाई केन्द्रमा राखेर काम गरिरहेको बताए ।

प्रतिनिधिमण्डलमा राष्ट्रिय योजना आयोगका सचिव केवल भण्डारी, थाइल्याण्डका लागि नेपाली राजदूत तथा युएन इस्क्यापका लागि स्थायी नेपाली प्रतिनिधि गणेश ढकाल, परराष्ट्र मन्त्रालय र योजना आयोगका वरिष्ठ अधिकारी सहभागी भएको उक्त दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस