टिपरको ठक्करबाट मृत्यु « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

टिपरको ठक्करबाट मृत्यु


१५ बैशाख २०७८, बुधबार


सप्तरी । टिपरको ठक्करबाट घाइते सप्तरी सप्तकोशी नगरपालिका–९ निवासी देवनारायण खङ्गको आज बिहान मृत्यु भएको छ ।

नोबेल अस्पताल विराटनगरमा उपचाररत ५६ वर्षीय खङ्गको मृत्यु भएको परिवारका सदस्यले जानकारी दिएका छन् । मृतकका साला पञ्चदेव खङ्गका अनुसार खङ्गको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

मृतक सप्तरीको साविक कमलपुर गाविस–२ का पूर्व सदस्य हुन् ।

सप्तरीको कञ्चनरूप नगरपालिकास्थित पडेमारा धार नजिक यही वैशाख ५ गते ना५ख ७५१७ नंको टिपरले साइकलमा सवार खङ्गलाई ठक्कर दिएको थियो । घाइते खङ्गको नोबेल अस्पतालमा उपचार भइरहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस